Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारत मध्यप्रदेशका मुख्यमन्त्री शिवराज चौहानलाई कोरोना संक्रमण

भारत मध्यप्रदेशका मुख्यमन्त्री शिवराज चौहानलाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : भारत मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना संक्रमण भएको छ ।

चौहानले ट्वीट मार्फत आफूलाई कोरोना भाइरसको संक्रमण भएको जनाएका हुन्। उनले शनिबार ट्वीट गर्दै भनेका छन्, ‘मलाई केही दिनदेखि कोरोनाको लक्षण देखिरहेको थियो, त्यसैले मैले परीक्षण गराएँ । रिपोर्ट पोजेटिभ आएको छ । मेरो सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न र क्वारेन्टाइनमा बस्न आग्रह गर्दछु ।’

उनले आफू आजैबाट होम क्वारेन्टाइनमा रहेको पनि जानकारी दिएका छन्। भारतमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

थप समाचार