प्रेस काउन्सिलमा स्वास्थ्य पत्रकार र चिकित्सकसँग छलफल
हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रेस काउन्सिल नेपालले स्वास्थ्य पत्रकार र चिकित्सकहरुसँग छलफल गरेको छ । शुक्रबार काउन्सिलमा आयोजित ‘महामारीमा स्वास्थ्य, मिडियामा रिपोर्टिङ र पेशागत आचारसंहिता विषयक छलफल कार्यक्रममा नेपाल चिकित्सक संघका पदाधिकारी एवं स्वास्थ्य पत्रकार मञ्चका पदाधिकारी र स्वास्थ्य पत्रकारको उपस्थिती रहेको थियो ।
कार्यक्रममा काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले कोरोनाको महामारीमा तीन वटा ‘स’ संचारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी फ्रन्टलाइनमा रहेर खटिएको भन्दै संचारकर्मीको भूमिका यो बेला अझ शसक्त देखिएको जनाए । उनले स्वास्थ्यमा कलम चलाउने संचाकर्मीको सम्बन्ध स्वास्थ्यकर्मीसँग सुमधुर हुन जरुरी रहेको भन्दै भएका ग्यापलाई कसरी कम गर्न सकिन्छ भनेर छलफल शुरु गरिएको जनाए ।
यसैगरी कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले स्वास्थ्य पत्रकारहरुले धेरै मानिसलाई जनस्वास्थ्यका विषयमा सुसूचित गराउन सहयोग गराउने भन्दै कहिलेकाही सूचना सही नहुँदा व्यक्ति र पेशा प्रति नै घृणा उत्पन्न हुने हुँदा यस्ता विषयको गाम्भीर्यतालाई बुझिदिन आग्रह गरेका थिए । उनले स्वास्थ्य पत्रकारहरुसँग संघ यसका लागि सहकार्य गरेर अघि बढ्न चाहेको पनि जिकीर गरे ।
यसैगरी कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष कल्पना आचार्यले स्वास्थ्यमा लामो समयदेखि कलम चलाउने पत्रकारहरु स्वास्थ्यका विषयमा गम्भीर र संवेदनशिल रहेको भन्दै एक दुई जनाले गल्ती गरे भन्दैमा सबैलाई एउटै बास्केटमा राख्न नहुने बताईन्।
कार्यक्रमममा काउन्सिलले यो वर्ष धेरै गुनासा र उजुरी स्वास्थ्यसँग सम्बन्धित समाचारमा आएको जानकारी गराएको थियो ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित