Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रेस काउन्सिलमा स्वास्थ्य पत्रकार र चिकित्सकसँग छलफल

प्रेस काउन्सिलमा स्वास्थ्य पत्रकार र चिकित्सकसँग छलफल

हेल्थ टिभी अनलाइन \काठमाडौं :  प्रेस काउन्सिल नेपालले स्वास्थ्य पत्रकार र चिकित्सकहरुसँग छलफल गरेको छ । शुक्रबार काउन्सिलमा आयोजित ‘महामारीमा स्वास्थ्य, मिडियामा रिपोर्टिङ र पेशागत आचारसंहिता विषयक छलफल कार्यक्रममा नेपाल चिकित्सक संघका पदाधिकारी एवं स्वास्थ्य पत्रकार मञ्चका पदाधिकारी र स्वास्थ्य पत्रकारको उपस्थिती रहेको थियो ।

कार्यक्रममा काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले कोरोनाको महामारीमा तीन वटा ‘स’ संचारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी फ्रन्टलाइनमा रहेर खटिएको भन्दै संचारकर्मीको भूमिका यो बेला अझ शसक्त देखिएको जनाए । उनले स्वास्थ्यमा कलम चलाउने संचाकर्मीको सम्बन्ध स्वास्थ्यकर्मीसँग सुमधुर हुन जरुरी रहेको भन्दै भएका ग्यापलाई कसरी कम गर्न सकिन्छ भनेर छलफल शुरु गरिएको जनाए ।

यसैगरी कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले स्वास्थ्य पत्रकारहरुले धेरै मानिसलाई जनस्वास्थ्यका विषयमा सुसूचित गराउन सहयोग गराउने भन्दै कहिलेकाही सूचना सही नहुँदा व्यक्ति र पेशा प्रति नै घृणा उत्पन्न हुने हुँदा यस्ता विषयको गाम्भीर्यतालाई बुझिदिन आग्रह गरेका थिए । उनले स्वास्थ्य पत्रकारहरुसँग संघ यसका लागि सहकार्य गरेर अघि बढ्न चाहेको पनि जिकीर गरे ।

यसैगरी कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष कल्पना आचार्यले स्वास्थ्यमा लामो समयदेखि कलम चलाउने पत्रकारहरु स्वास्थ्यका विषयमा गम्भीर र संवेदनशिल रहेको भन्दै एक दुई जनाले गल्ती गरे भन्दैमा सबैलाई एउटै बास्केटमा राख्न नहुने बताईन्।

कार्यक्रमममा काउन्सिलले यो वर्ष धेरै गुनासा र उजुरी  स्वास्थ्यसँग सम्बन्धित समाचारमा आएको जानकारी गराएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार