Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुदूरपश्चिमका २२९६ संक्रमित कोरोना जितेर डिस्चार्ज

सुदूरपश्चिमका २२९६ संक्रमित कोरोना जितेर डिस्चार्ज

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : सुदूरपश्चिममा २ हजार २ सय ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यहाँका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट २ हजार २ सय ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा २ हजार २ सय ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। उनका अनुसार शनिवार बिहान कञ्चनपुर जिल्लाका १६ जना डिस्चार्ज भएका छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी अछामका ५ सय ४०, डोटीका ५ सय ३५, कञ्चनपुरका ४ सय ९८, बैतडीका २ सय ९९ र डडेल्धुराका २ सय ६७ जनााई डिस्चार्ज गरिएको छ। कैलालीका १ सय ३८, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट २ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ।

यस्तै हाल सुदूरपश्चिम प्रदेशका ५६ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी १ हजार ८ सय ८१ जना भने घर र स्थानीय तहको क्वारेन्टिनमा छन्। मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २३, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा ३ र डोटी अस्पतालमा २ जना गरी ५६ जनाको उपचार भईरहेको छ।

सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ भने संक्रमितको सङख्या ४ हजार १ सय ८५ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार