वीरगञ्जको कोभिड अस्पतालमा भर्ना भएकी १७ वर्षकी किशोरीको कोरोनाबाट मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : वीरगञ्जस्थित अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी बारा परवानीपुरकी १९ वर्षीया किशोरीको उपचारको क्रममा मृत्यु भएको छ ।
झाडापखाला र श्वासप्रश्वासमा समस्या देखिएर अस्पताल भर्ना भएकी किशोरीको उपचारको क्रममा आज साँझ मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले जानकारी दिएका छन् ।
युवतीको आरडीटीमा एन्डीबडी पोजिटिभ देखिएपछि स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पताल पठाइएको थियो । यतिबेला उनको कोरोना रिपोर्ट पोजेटिभ आएको डा उपाध्यायले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा