Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

वीरगञ्जको कोभिड अस्पतालमा भर्ना भएकी १७ वर्षकी किशोरीको कोरोनाबाट मृत्यु

वीरगञ्जको कोभिड अस्पतालमा भर्ना भएकी १७ वर्षकी किशोरीको कोरोनाबाट मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : वीरगञ्जस्थित अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी बारा परवानीपुरकी १९ वर्षीया किशोरीको उपचारको क्रममा मृत्यु भएको छ ।

झाडापखाला र श्वासप्रश्वासमा समस्या देखिएर अस्पताल भर्ना भएकी किशोरीको उपचारको क्रममा आज साँझ मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले जानकारी दिएका छन् ।

युवतीको आरडीटीमा एन्डीबडी पोजिटिभ देखिएपछि स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पताल पठाइएको थियो । यतिबेला उनको कोरोना रिपोर्ट पोजेटिभ आएको डा उपाध्यायले  जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार