Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंका थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंका थप  १० जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा शुक्रबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज दुई वटा प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ५ जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको हो ।

आज मात्रै नेपालमा १३३ जना नयाँ संक्रमित थपिएका छन् भने १०७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। नेपालमा कोरोनाबाट ४४ जनाले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार