नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो। वीरगञ्ज महानगरपालिका–११ श्रीपुरकी ८५ वर्षीया वृद्धाको आज बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले बताए।
मुटुरोगी समेत रहेकी उनको स्वास्थ्यमा समस्या आएपछि पाँचदिन अघि एडभान्स अस्पताल भर्ना गरी उपचार शुरु गरिएको थियो । उपचारकै क्रममा कोरोना परीक्षण गर्दा उनको पोजेटिभ रिपोर्ट आएपछि गण्डक अस्पताल लगिएको बताइएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम