सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि
शेर भण्डारी \डडेल्धुरा : सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि भएको छ । बिहीबार डडेल्धुरा प्रयोगशाला र धनगढी प्रयोगशालामा भएको कोरोना परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको हो ।
डडेल्धुरामा गरीएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डोटीका ७ र डडेल्धुराका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरका २६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १० पुरुष र ३ महिला गरी १३ जना, बेल्डाँडी गाउँपालिकाका ८ पुरुष र बेलौरी नगरपालिकाका ३ पुरुष र २ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ४ हजार १ सय ७७ पुगेको छ । संक्रमण पुष्टि भएका २ हजार २ सय ३३ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम