भरतपुर क्यान्सर अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण देखियो
हेल्थ टिभी अनलाइन\ चितवन : चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको ।
अस्पतालले विज्ञप्ति जारी गर्दै आफनो अस्पतालमा उपचाररत एक जना महिलामा कोरोना पुष्टि भएको जनाएको हो । अस्पतालका अनुसार कोरोना पुष्टि हुनेमा महोत्तरी जलेश्वरकी ३५ वर्षीया महिला रहेकी छिन्।
उनको बुधबार भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । उनीसागै १५९ जनाको परीक्षण गरिएकोमा अरुको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा