Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा शेर बहादुर भन्छन्, लकडाउन खुलेको हो कोरोनाको जोखिम कम भएको हैन्

अझै बढी सतर्कता जरुरी

डा शेर बहादुर भन्छन्, लकडाउन खुलेको हो कोरोनाको जोखिम कम भएको हैन्

सरकारले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत ११ देखि देशभर लकडाउन जारी गरेको थियो । झण्डै ४ महिनासम्म लागेको लकडाउनले कोरोनाको रोकथाम र नियन्त्रणका लागि ठुलो सहयोग गरेको भए पनि धेरै समयसम्म लकडाउन जारी गर्न नहुने निष्कर्षमा पुगी सरकारले आजैबाट लकडाउन खोलेको छ ।

तर हामी सबैले ध्यान दिनुपर्ने कुरा केहो भने लकडाउन खोल्नुको मतलब कोरोनाको जोखि घट्यो भन्ने हैन्। यसरी हामीले बुझ्यौं भने भविष्यमा ठुलो मूल्य चुकाउनुपर्ने हुनसक्छ । त्यसैले सरकारले धेरै लामो समसम्म लकडाउन गर्दा सबै क्षेत्र हेर्नुपर्ने हुन्छ । सोही आधारमा आफूले सतर्कता अपनाउँदै व्यापार व्यवसाय पनि गरौं भन्ने हो ।

मलाई के लाग्छ भने अहिलेसम्म सरकारले काेराेनाबाट जाेगाउन हामीलाई  लकडाउन गरेर घरभित्र राख्यो । अब भने बल हाम्रो कोर्टमा आएको छ । हामी आफै बढी जिम्मेवार भएर यसबाट बच्ने उपाय अपनाउनुपर्छ । आफू जिम्मेवार हुनु भनेकै परिवार र समूदायलाई काेराेना संक्रमण हुन नदिनु हो ।

आज लकडाउन खुलेसँगै धेरै जना खुशी भएर अब त स्वतन्त्र भइयो भने जस्तो गरिरहेका छन्। त्यस्तो होइन लकडाउन खुलेपनि कोरोनाको जोखिम अझै बढेको छ । सबैतिर खुल्ला भएपछि सम्पर्क पनि धेरै जनासँग हुन्छ । त्यसैले हामीले हेक्का राख्नुपर्ने कुरा स्वास्थ्य मत्रालयले जारी गरेको एक अर्कासँग दुई मिटरको दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने  सकेसम्म भिडभाडमा नजाने र साबुनपानीले  नियमित हात धोइरहने चाहिं गर्नैपर्छ । यो बानीले धेरै हदसम्म हामीलाई कोरोनाबाट जोगाउन मद्दत गर्छ ।

अर्को कुरा छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । यसले पनि हामी बढी जोखिममा छौं । जबसम्म भारतमा संक्रमितको संख्या कम हुँदैन तबसम्म हामी पनि सुरक्षित हुँदैनौं । खुला सिमानाका कारण धेरै मानिसहरु आवतजावत भइरहन्छ । जसले गर्दा कोरोना संक्रमणको जोखिम रहिरन्छ ।

नेपालमा धेरै जनाले कोरोनालाई सामान्य रुपमा लिए जस्तो पनि लाग्छ । कतिपयले लकडाउनकै समयमा पनि यसबाट जोगिनपर्ने मापदण्ड खासै पालना गरेजस्तो लाग्दैन्। लकडाउन खुलेसँगरै अब हाम्रो सम्पर्क धेरै जनासँग हुन्छ । यो बेला अझ बढी सतर्क हुन जरुरी छ । नेपालमा अहिलेसम्म समूदाय स्तरमा कोरोना नगइसकेको अवस्थामा छौं तर लापरवाही गर्दा यो  एकैपटक समूदायमा जानसक्छ भन्ने कुरा बुझ्न जरुरी छ । हामीकहाँ धेरै संक्रमितमा कुनै लक्षण नै देखिएको छैन्। यस्ता लक्षण नदेखिएका संक्रमितले एकैपटक रोग सार्ने सम्भावना बढी हुन्छ ।

मलाई के लाग्छ भने अहिलेसम्म सरकारले काेराेनाबाट जाेगाउन हामीलाई  लकडाउन गरेर घरभित्र राख्यो । अब भने बल हाम्रो कोर्टमा आएको छ । हामी आफै बढी जिम्मेवार भएर यसबाट बच्ने उपाय अपनाउनुपर्छ । आफू जिम्मेवार हुनु भनेकै परिवार र समूदायलाई काेराेना संक्रमण हुन नदिनु हो ।  सरकारले लकडाउन खोले पनि भिडभाड गर्न नपाउने, स्कूल कलेज तत्काललाई नखोल्ने केही प्रतिवन्ध जारी राखेको छ । यसलाइ मनन गराैं र काेराेनाबाच बचाैं र बचाऔं ।

डा शेर बहादुर पुनसँग कुराकानीमा आधारित : 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार