नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४१ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ ।
महोत्तरी का ६० वर्षीय एक पुरुषको कोरोनाबाट मृत्यु भएको हो । उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए। उनका अनुसार श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
उनको रिपोर्ट पोजेटिभ आएपछि कोरोना आइसोलेसनको छुट्टै आइसीयूमा राखेर उपचार गरिएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा