अमेरिकामा ४० लाख मानिसमा कोरोना संक्रमण, १ लाख ४४ हजारको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : अमेरिकामा हालसम्म ४० लाख बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वर्ल्डोमिटरका अनुसार हाल ४० लाख २८ हजार मानिसमा कोरोना संक्रमण देखिएको छ भने हालसम्म १ लाख ४४ हजार मानिसको मृत्यु भइसकेको छ ।
गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको सबैभन्दा चपेटामा अमेरिका परेको देखिन्छ । अमेरिकामा विगत १६ दिनदेखि लगातार दैनिक ५० हजार संक्रमित फेला पर्दै आएका छन्। मंगलबार मात्र त्यहाँ ६६ हजार बढी मानिसमा कोरोना पुष्टि भएको छ ।
अमेरिकामा पछिल्लो दुई महिनामा संक्रमितको संख्या दोब्बर पुगेको छ । यसैगरी कोरोना जितेर घर फर्किनेको संख्या नै १८ लाख ८५ हजार पुगेको छ । वर्ल्डोमिटरका अनुसार अमेरिकाको न्यूयोर्क सबैभन्दा बढी प्रभावित भएको छ । न्यूयोर्कमा मात्रै ४ लाख ३५ हजार ७५३ संक्रमित रहेका छन् भने ३२ हजार ६०२ जनाको कोरोनाबाट मृत्यु भएको बताइएको छ ।
शुरु शुरुमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चाइनिज भाइरस भन्दै हल्का रुपमा लिएका थिए । तर यतिबेला अमेरिका नै बढी प्रभावित बन्न पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा