Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चार महिनादेखि जारी लकडाउन अन्त्य भएको सरकारको घोषणा

चार महिनादेखि जारी लकडाउन अन्त्य भएको सरकारको घोषणा

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना महामारीका कारण जारी गरिएको लकडाउन आज रातीबाट अन्त्य हुने सरकारले घोषणा गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन शुरु गरेको थियो ।

सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले लकडाउन आजैबाट अन्तय हुने जानकारी गराएका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।

यसैगरी सरकारले भदौ १ गतेबाट लागू हुने गरी विद्यार्थी भर्ना खुला गर्ने समेत निर्णय गरेको छ । तर विद्यालय सञ्चालनको भने निर्णय भएको छैन्। यस्तै भदौ १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका क्रियाकलाप पनि संचालन गर्ने निर्णय सरकारले गरेको छ। यसैगरी होटल तथा रेस्टुरेन्ट व्यवसायहरु यही साउन १५ बाट शुरु गर्न सकिने पनि निर्णय भएको छ ।

कोरोना संक्रमितको संख्या घट्दै गएपछि सरकारले साउन १ देखि लकडाउन केही खुकुलो गराउँदै आएको थियो । आजबाट भने लकडाउनको अन्त्य भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि