चार महिनादेखि जारी लकडाउन अन्त्य भएको सरकारको घोषणा
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना महामारीका कारण जारी गरिएको लकडाउन आज रातीबाट अन्त्य हुने सरकारले घोषणा गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन शुरु गरेको थियो ।
सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले लकडाउन आजैबाट अन्तय हुने जानकारी गराएका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।
यसैगरी सरकारले भदौ १ गतेबाट लागू हुने गरी विद्यार्थी भर्ना खुला गर्ने समेत निर्णय गरेको छ । तर विद्यालय सञ्चालनको भने निर्णय भएको छैन्। यस्तै भदौ १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका क्रियाकलाप पनि संचालन गर्ने निर्णय सरकारले गरेको छ। यसैगरी होटल तथा रेस्टुरेन्ट व्यवसायहरु यही साउन १५ बाट शुरु गर्न सकिने पनि निर्णय भएको छ ।
कोरोना संक्रमितको संख्या घट्दै गएपछि सरकारले साउन १ देखि लकडाउन केही खुकुलो गराउँदै आएको थियो । आजबाट भने लकडाउनको अन्त्य भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा