काठमाडौं उपत्यकामा ९ सहित १५० जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं: काठमाडौं उपत्यकामा ९ सहित १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।
मन्त्रालयका अनुसार कोरोनाको आंशकामा हालसम्म २१ हजार ७०४ जना देशभरका क्वारेन्टाइनमा बसेका छन्। गत २४ घण्टामा ३ हजार ९६३ जनाको पीसीआर विधिमार्फत परीक्ष्ण गरिएको जनाइएको छ । मंगलबार ६०९ जना संक्रमित कोरोना जितेर आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जितेर डिस्तार्ज हुनेको संख्या १२ हजार ४७७ पुगेको छ ।
हालसम्म नेपालमा कोरोनाबाट ४० जनाले ज्यान गुमाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा