स्वस्तिश्री गुरुकुलद्वारा निदान अस्पताललाई पीपीई हस्तान्तरण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंको सानोभर्याङ्गमा रहेको स्वस्तिश्री गुरुकुल स्कुलले ललितपुरको पुल्चोकस्थित निदान अस्पताललाई १०५ थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको छ ।
कोरोना विरुद्धको फ्रन्टलाइनमा रहेर काम गर्ने डाक्टर , नर्सहरू र अन्य स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि सुरक्षाकवच पीपीई उपलब्ध गराइएको स्वस्तिश्री गुरुकुल स्कूलका समाजसेवी डा लुःज मानन्धरले बताए ।
सोमबार आयोजित एक कार्यक्रममा स्वस्तिश्री गुरुकुल स्कूलका समाजसेवी डा लुःज मानन्धरले निदान अस्पतालका बोर्ड निर्देशक अभिसेक श्रेष्ठलाई पीपीई हस्तान्तरण गरेका हुन्। । मानिस समाजको एक हिस्सा भएको हुनाले यस्ता सामाजिक काम गर्नाले समाजलाई केही टेवा पुग्ने मानन्धरले बताए । उनले यस अघि पनि धेरै संस्थाका लागि सामाजिक कार्य गर्दै आएका छन्।
पीपीई बुझ्दै अस्पतालका श्रेष्ठले अहिलेको विषम परिस्थितीमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) ले अहिलेको संकटमा कोरोना विरुद्ध फ्रन्टलाइनमा रहने डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुलाई ठुलो राहत हुने बताए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा