कोरोना महामारीबाट बच्न अपनाउनु पर्ने ‘एसएमएस’ विधि
हेल्थ टिभी अनलाइन \काठमाडाैं : विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाका कारण नेपालमा पनि गत चैत ११ गतेखि देशभर लकडाउन जारी छ ।
यतिबेला लामो समयसम्मको लकडाउनका कारण कतिपय व्यवसायीहरु स्वतस्फूर्त रुपमा बाहिर आउन थालेपछि सरकारले काठमाडौं उपत्यका लगायतका धेरै स्थानमा लकडाउन खुकुलो बनाउँदै काम गर्न दिएको छ । यद्यपी सरकारले नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गएकोे भए पनि उच्च जोखिम कायम नै रहेको बताउँदै आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्राययको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बारम्बार एसएमएस पालना गर्न आग्रह गरिरहेका हुन्छन्। आउनुस् त्यो एसएमएस के हो र कोरोनाबाट बच्न यसले कसरी सहयोग गर्छ जानीराखौं ।
एस – सामाजिक दूरी- कोरोनाबाट बच्नका लागि कम्तीमा पनि एक अर्काविच दुई मिटरको दूरी कायम गर्न जरुरी छ ।
एम – मास्कको प्रयोग- भिडभाड हुने स्थानमा जाँदा अनिवार्य मेडिकल मास्क वा तीन तह भएको मास्क प्रयोग गर्न जरुरी छ ।
एस- सेनिटाइजर- बेला बेलामा सेनिटाइजर लगाउने वा साबुन पानी उपलब्ध भएसम्म हात धोइरहन जरुरी छ ।
यी तीनवटा विधि सबैले इमान्दारीकासाथ पालना गर्ने हो भने धेरै हदसम्म कोरोना संक्रमणबाट जोगिन सकिने मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा