Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विदेशबाट आउने सबैको पीसीआर परीक्षण गरेर मात्र घर पठाइने

५ दिन होल्डिङ सेन्टरमा बस्नैपर्ने

विदेशबाट आउने सबैको पीसीआर परीक्षण गरेर मात्र घर पठाइने

हेल्थ टिभी अनलाइन\ काठमाडौं :  विभिन्न देशबाट नेपाल फर्किने सबैको पीसीआर परीक्षण गरेर मात्र घर पठाइने भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि विदेशबाट आउने सबैको पीसीआर परीक्षण गरिने बताएका हुन्। उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्चस्तरीय बैठकले अबदेखि विदेशबाट आएका, पोजेटिभ भएका व्यक्तिको सम्पर्कमा आएका, अत्यावश्यक सेवाकर्मीहरु सबैको चिकित्सकको सल्लाह बमोजिम पीसीआर परीक्षण गर्ने निर्णय भएको छ ।

यसका साथै हवाइमार्ग हुँदै स्वदेश आउनेलाई ५ दिनसम्म होल्डिङ सेन्टरमा राखेर पीसीआर परीक्षण पछि मात्र घर पठाउने निर्णय भएको र स्थलमार्गबाट आउनेको पनि अनिवार्य रुपमा पीसीआर गरिने निर्णय भएको पनि डा गौतमले जानकारी दिए ।

हालसम्म भने सरकारले स्पष्ट लक्षण देखिएका र सरकारले तोकेको मापदण्डभित्र पर्नेको मात्र पीसीआर परीक्षण गर्दै आएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार