गण्डकी प्रदेशमा आइतबार थपिए १२ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै थप १२ जनामा कोरोना देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदशेमा कोरोना संक्रमितको संख्या १३ सय २ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा लमजुङका ६ जना र कास्कीका ६ जना मा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ उनीहरुलाई आइसोलसन सेन्टरमा लैजाने तयारी भइरहेको पनि निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जनाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा