Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भेरी अस्पतालमा गरिएको परीक्षणमा खजुराका ५ सहित २० जनामा कोरोना पुष्टि

भेरी अस्पतालमा गरिएको परीक्षणमा खजुराका ५ सहित २० जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा आज २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले विज्ञप्ति जारी गर्दै तीन जिल्लामा गरी थप २० जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।  आज संक्रमण पुष्टि हुनेहरुमा बाँके खजुरा -३ का ४ जना पुरुष र एक महिला रहेका छन्। यसैगरी गडवा दाङका ५ जना  र ठाकुरबाबा बर्दियाका १० जना रहेका छन्।

अस्पतालले गत २४ घण्टामा कोरोनाको आशंकामा ३ सय जनाको पीसीआर परीक्षण गर्दा जम्मा २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

बाँकेमा केही दिन यता कोरोना संक्रमण दर घटेको भए पनि भारतबाट मानिसहरु आउने क्रम जारी नै रहेकाले संक्रमितहरु थोरै संख्यामा भए पनि देखि नै रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार