भेरी अस्पतालमा गरिएको परीक्षणमा खजुराका ५ सहित २० जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा आज २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालले विज्ञप्ति जारी गर्दै तीन जिल्लामा गरी थप २० जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । आज संक्रमण पुष्टि हुनेहरुमा बाँके खजुरा -३ का ४ जना पुरुष र एक महिला रहेका छन्। यसैगरी गडवा दाङका ५ जना र ठाकुरबाबा बर्दियाका १० जना रहेका छन्।
अस्पतालले गत २४ घण्टामा कोरोनाको आशंकामा ३ सय जनाको पीसीआर परीक्षण गर्दा जम्मा २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
बाँकेमा केही दिन यता कोरोना संक्रमण दर घटेको भए पनि भारतबाट मानिसहरु आउने क्रम जारी नै रहेकाले संक्रमितहरु थोरै संख्यामा भए पनि देखि नै रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा