Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बाँकेमा क्वारेन्टाइन र आइसोलेसन सेन्टर खाली हुँदै

बाँकेमा क्वारेन्टाइन र आइसोलेसन सेन्टर खाली हुँदै

हेल्थ टिभी अनलाइन\ बाँके:  बाँकेमा यतिबेला क्वारेन्टाइन र आइसोलेसन सेन्टर धमाधम खाली हुँदै गएका छन्। संक्रमित हुने क्रम घट्नु र भएका संक्रमित निको भएर घर फर्केपछि आइसोलेसन सेन्टर खाली हुन थालेका हुन्। बाहिरबाट आउने क्रम कम भएपछि क्वारेन्टाइन पनि खाली हुँदै गएका छन्।

शनिबार मात्रै पनि ५ जना संक्रमित कोरोना जितेर डिस्चार्ज हुन लागेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनका अनुसार आज कोरोना जितेर घर फर्कन लागेकाहरुमा शुसिल कोइराला आइसोलेसन सेन्टरका १ जना, राप्ती सोनारीबाट १ जना, पीपरी आइसोलेसनबाट २ जना र बनकटवा आइसोलेसनबाट १ जना रहेका छन्।

बाँकेका जम्मा ३८३ जनामा कोरोना संक्रमण देखिएकोमा ३६६ जना कोरोना जितेर घर फर्किसकेका छन्। हाल दुई वटा आइसोलेसनमा जम्मा १५ जना मात्र छन्। बाँकेमा बनाइएका १२ वटा आइसोलेसन सेन्टरमध्ये १० वटा खाली भएको श्रेष्ठले जानकारी दिए । दुई महिनाअघि जुन बेला नेपलीहरु भारतबाट लुकीछिपी भए पनि नेपाल भित्रिए त्यसबेला बाँके कोरोनाको हटस्पट नै बन्न पुगेको थियो ।

संक्रमित घट्दै गएपछि  १२ वटा आइसोलेसन सेन्टरमध्ये १० वटा सेन्टर अहिले बन्द भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  हालसम्म बाँकेमा कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार