Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालयले भन्यो, समुदायमा कोरोना संक्रमण फैलिएको छैन्

समुदायमा ४ हजार ८ सयको परीक्षण गर्दा जम्मा ३ जनामा संक्रमण

स्वास्थ्य मन्त्रालयले भन्यो, समुदायमा कोरोना संक्रमण फैलिएको छैन्

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा समुदायमा कोरोना संक्रमण नफैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना समुदायमा पुगेको हो की भन्ने चिन्ता र चासो भएको भए पनि हालसम्म कोरोना संक्रमण समुदायमा नदेखिएको स्पष्ट पारे । उनले भने, ‘हामीले काठमाडौं उपत्यकामा संक्रमित बढ्न थालेपछि समुदायमा फैलियो की भनेर विभिन्न स्थानबाट नमूना संकलन गर्दा कोरोना देखिएन । ४८ सयको स्वाब लिंदा जम्मा तीन जनामा कोरोना संक्रमण पुष्टि भयो त्यो पनि दुई जना विदेशबाट आएका र एक जना ब्युटीपार्लर व्यवसाय गर्ने लाई देखिएकाे छ । ‘

उनले यो तथ्यांकले पनि अहिलेसम्म नेपालमा कोरोना समुदायमा पुगेको अवस्था नभएको आँकलन गर्न सकिने जनाए ।  सरकारले कोरोना समुदायमा पुगेको अवस्थाकाेवारेमा जानकारी लिन  ४५ हजारको नमुना संकलन गरी कोरोना परीक्षण गर्ने उद्धेस्यका साथ काम गरिरहेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमण ९७ प्रतिशत आयातित भएको पनि मन्त्रालयले जनाएको छ । तीन प्रतिशतमा भने विदेशबाट आएकाहरुको कुनै न कुनै रुपमा कन्ट्याक्टमा आएकाहरु रहेको बताइएको छ । पछिल्लो समय ट्राभल हिस्ट्री नभएकामा कोरोना देखिएपछि समुदायमा काेराेना भाइरस फैलिएको हुनसक्ने भन्दै  विज्ञहरुले चिन्ता व्यक्त गर्दै आएका थिए ।

कोरोना समुदायमा नफैलिएको भए पनि मन्त्रालयले कोरोनाको जोखिमबाट बच्न अपनाउनुपर्ने, सामाजिक दूरी कायम गर्ने, बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने, अत्यावश्यक नपरेसम्म बाहिर नजाने, भिडभाड नगर्ने, साबुन पानीले हात धोइरहने गर्न पनि सुझाव दिएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार