सप्तरीका ७२ वर्षीय कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको हो । सप्तरी राजविराज नगरपालिका–६ का ७२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ४० पुगेको छ।
अस्पतालका अनुसार मुटु र मधुमेहका बिरामी उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । बिहीबार राती ११ बजे उपचारकै क्रममा उनको निधन भएको हो। श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना गरिएको उनको स्वाब संकलन गरी परीक्षण गर्दा बिहिबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा