एक महिनाको किचलोपछि वीर अस्पतालमा अन्तत: आउने भयो पीसीआर मेशिन, दैनिक ५ सय परीक्षण हुने
हेल्थ टिभी अनलाइन \काठमाडौं : वीर अस्पतालमा एक महिनाको किचलोपछि अन्तत: पीसीआर मेशिन आउने भएको छ ।
अस्पतालको खरिद र लेखा शाखाले सस्तो चाइनिज मेशिन खरिद गर्न दवाव दिएपछि अस्पताल र प्रविधिक समितिले सो कुरा नमान्दा मेशिन आउन सकेको थिएन । असार मसान्तमा आएर खरिदले मेशिन किन्ने प्रक्रिया अघि बढाएको बताइएको छ । अस्पतालका निर्देशक र प्राविधिक समितिले वीर अस्पतालमा उच्च गुणस्तरकै पीसीआर मेशिन खरिद गर्नुपर्ने भन्दै आफनो अडान लिएपछि खरिद शाखाले असार मसान्तमा मात्र प्रक्रिया अघि बढाएको हो ।
अस्पतालका निर्देशक डा केदार सेन्चुरीले नयाँ मेशिन आएपछि दैनिक ५ सय जनाको पीसीआर परीक्षण गर्न सकिने बताए । उनले मेशिन आउन अझै केही दिन लाग्ने बताउँदै केही दिनमा परीक्षणका दायरा बढ्ने बताए । हाल वीरमा सानो मेशिनबाट दैनिक १ सयदेखि १५० सम्म मात्र पीसीआर परीक्षण हुँदै आएको थियो । ‘वीर अस्पतालमा बिरामीको धेरै नै भिडभाड हुने भएकाले पनि यहाँ ठुलो मेशिनको जरुरत छ भनेर हामीले मन्त्रालयलाई आग्रह गरेका थियौं डा सेन्चुरीले भने ।’
वीर अस्पतालमा विदेश जाने , निरोगिताको प्रमाणपत्र चाहिने र शल्यक्रिया एवं अन्य कामका लागि आवश्यक परेमा पैसा तिरेर पनि कोरोना परीक्षण गर्न पाइन्छ । अस्पतालमा सो कारणले पनि कोरोना परीक्षणका लागि स्वाब धेरै हुने गरेको छ । मेशिनको क्षमता कम हुँदा धेरै स्वाब धेरैदिन सम्म होल्ड हुने र रिपोर्ट ढिलो आउने गरेको थियो । अब भने यो समस्या कम हुनेछ ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त