सुदूरपश्चिममा थप २२ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \डडेल्धुरा: सुदूरपश्चिममा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहिबार धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप १४ जना र डडेल्धुरामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको हो।
बिहीबार ८ पुरुष र ६ महिलासहित १४ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। यसैगरी डडेल्धुराकै ८ जनामा पनि संक्रमण पुष्टि भएको छ
सूचना अधिकारी श्रेष्ठकाअनुसार संक्रमित भेटिनेमा कैलालीको कैलारी गाउँपालिका–४का २ महिला र २ पुुरुष गरी ४ जना, कैलालीकै गोदावरी नगरपालिका २ पुरुष र १ महिला गरी ३ जना, कैलालीकै धनगढी उपमहानगरपालिका–१८ का १ पुरुष र १ महिला गरी २ जना, कैलालीकै टिकापुर नगरपालिका–१ का १ पुरुष रहेका छन्।
यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका १ महिला र १ पुरुष गरी २ जना, कञ्चनपुरकै भीमदत्त नगरपालिका–४ का १ पुरुष र बझाङको खप्तडछान्ना गाउँपालिका–६ का १ महिलामा कोरोना पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ९२ पुगेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा