Health TV Online
Health TV Online
Health TV Online

आज चौंथो दिन पनि औषधि उत्पादकहरू आन्दोलनमा, यस्ता छन् माग

आज चौंथो दिन पनि औषधि उत्पादकहरू आन्दोलनमा, यस्ता छन् माग

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाली औषधि उद्योगीहरुलाई  प्रोत्साहन दिंदै औषधिमा आत्मनिर्भर बनाउनुपर्छ भन्दै सात बुँदै मागसहित आन्दोलनमा उत्रिएका औषधि उत्पादकहरुले आज पनि धर्ना कार्यक्रमलाई जारी राखेका छन्।

नेपाल औषधि उत्पादक संघको नेतृत्वमा देशभरका उत्पादकहरु अहिले आन्दोलनमा उत्रिएका हुन्। तीन दिने अल्टिमेटम दिएर सेनिटाइजर उत्पादन गर्न नेपाली उद्योग नै प्रयाप्त छन्। विदेशी कम्पनीको लोभमा परेर दर्ता गर्ने समय थप्न नहुने  भन्दै उनीहरुले विरोध जनाएका हुन्।

सरकारले गत असार २२ गते स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गर्दै सेनिटाइजर बनाउने कम्पनी दर्ताका लागि ३ महिना समय अवधि थपेको थियो । त्यस लगत्तै औषधि उत्पादकहरुले नेपाली कम्पनीहरुले लकडाउनको बेला कठिन पस्थितीमा पनि सेनिटाइजर, औषधि अभाव हुन नदिएकोमा अहिले वातावरण सहज भएपछि बाहिरका उद्योगलाई फाइदा हुने गरी म्याद थपेकोमा उनीहरुको विरोध हो । उनीहरुको आनदोलनमा उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ, औषधि थोक व्यवसायी संघ, निर्यात व्यवसायी महासंघ, नेपाल जेम्स तथा ज्वेलरी संघ नेपाल आर्युर्वेदक औषधि उत्पादक संघ लगायतका संस्थाहरुले एक्येवद्धता जनाएका छन्।

यस्ता छन् मागहरुः

१ ) स्यानेटाइजरमा नेपाली औषधि उधोग आत्मनिर्भर भईसकेको हुँदा बिना दर्ता र गुणस्तर परीक्षण बिक्रि गर्न दिने निर्णय फिर्ता गराउनुपर्ने

२)  २०७४ साल जेठ १७ गते स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने एवं औषधिमा आत्मनिर्भर उन्मुख गराउने निति तर्जुमा गर्ने सम्बन्धमा औषधि ब्यबस्था बिभागका निर्देशकको संयोजकत्वमा अर्थ, उधोग, बाणिज्य, स्वास्थ्य तथा स्वतन्त्र अर्थबिद सहितको बिज्ञ समुहले दिएको प्रतिवेदनका आधारमा ३० वटा उत्पादनको कच्चापदार्थ मात्र आयात गर्ने निर्णय गरी मन्त्रालयबाट कार्यान्वयनको लागी कार्यतालिका सहित पठाइएको भएतापनि हाल सम्म कार्यान्वयन गरिएको छैन यसको तत्काल कार्यान्वयन गर्नुपर्ने

३) २०७४ साल ०२ १९ गतेको मन्त्रिपरिषदको निर्णयले स्वीकृत प्रबिधिजन्य स्वास्थ्य सामाग्री तथा उपकरण सम्बन्धि निर्देशिका २०७४ बमोजिम औषधि ब्यबस्था बिभागले नियमन गर्नेगरि स्वीकृति गरिएको भएतापनि ती सामाग्रीहरुको उत्पादन र नियमनको कुनैपनि कार्यको थालनी हालसम्म पनि गरिएको छैन फलस्वरुप मास्क, निसंक्रमक , पिपिई,कस्मेटिक,भिटियम , खाद्य परिपुरक लगायत उत्पादन नेपालमै उत्पादन हुनसक्ने भएतापनि उत्पादन अनुमति र प्रोत्साहन गरिएको छैन् । यसको तत्काल कार्यान्वयन गर्नुपर्ने

४) स्वदेशी औषधि उधोगले कुनैपनि नयाँ औषधीको उत्पादन गर्न चाहेमा उत्पादन अनुज्ञा दिनु पूर्व औषधि सल्लाहकार समिति बाट स्वीकृत लिनुपर्ने तर सोहि औषधी आयात गर्न बिशेष अनुमति र पछि सल्लाहकार समिति बाट अनुमोदन गराउने ब्यबस्था गरिएको छ फलस्वरुप स्वदेशी उधोगले कुनै नयाँ औषधि उत्पादनको अनुमति मात्र लिन पनि बर्षौं कुर्नुपर्ने तर आयात गर्दा तत्काल अनुमति पाइने भएकाले स्वदेशी उधोगलाई भन्दा आयातलाई प्रोत्साहन गरिएको छ । त्यसैले स्वदेशी उत्पादकलाई प्रोत्साहन गरि उधोगको विकाश गरी देशलाई आत्मानिर्भर बनाउन ।

५)  स्वदेशी औषधी उधोगको जीएमपी प्रमाणिकरणको लागी निरीक्षण पश्चात पनि महिनौं सम्म प्रमाणिकरण नगर्ने तर बिदेशी उधोगको हकमा हप्ता दिनमै दर्जनौ उधोगको निरीक्षण गरी प्रमाणिकरण गर्ने गरिएको हुँदा स्वदेशी उधोगहरु निरुत्साहित भएका छन । त्यसैले स्वदेशी उत्पादकलाई प्रोत्साहन गरि उधोगको बिकाश गरि देशलाई आत्मानिर्भर बनाउन ।

६) हालै मिति २०७६ साल ११(१९ गतेको राजपत्रमा प्रकाशित गरि स्वदेशी उधोगलाई मात्र भार पर्ने गरि कच्चापदार्थको आयात सिफारिसमा समेत दस्तुर लिने गरी असामान्य रुपमा १२ गुणा सम्म बृद्धि गरिएको हुँदा स्पष्ट रुपले आयातलाई प्रोत्साहन गरिएको देखिन्छ । यो निर्णयलाई तत्काल फिर्ता लिनुपर्ने

७)  विदेशीे कठिन समयमा औषधी निकासी रोक्न सक्ने तर हाम्रो सरकारले आत्मनिर्भर भईसकेको औषधी आयात रोक्न किन नसक्ने ,त्यसैले नेपालमा सजिलै बन्न सक्ने ,माग अनुसार आपूर्ति गर्न सकिने र मुल्यको सुनिश्चितता भएका उत्पादनहरु तत्काल आयात बन्द गरी नेपाली उधोगको विकाश र राष्ट्रलाई आत्मनिर्भर बनाउनुपर्ने

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार