थप १६७ जनामा कोरोना संक्रमण पुष्टि, २१३ जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न स्थानमा गरिएको परीक्षणमा थप १६७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ । गत २४ घण्टामा ४ हजार ९८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।
हालसम्म विभिन्न देशहरुबाट आएर क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार ५ सय रहेको छ । यसैगरी कोरोना संक्रमण भएर विभिन्न आइसोलेसन सेन्टरमा रहनेको संख्या ६ हजार ५६ रहेको छ । मन्त्रालयका अनुसार आज कोरोना जितेर २१३ जना डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २४९ पुगेको छ । हालसम्म नेपालमा कोरोनाबाट ३९ जनाले ज्यान गुमाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा