नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज रौतहट परवहाका ३६ वर्षीय पुरुषको उपचारकै क्रममा मृतयु भएको हो । केही दिन अघि भारतमा कोरोनाबाट मृत्यु भएका आफन्तको मृत्यु संस्कारका लागि बेंग्लोर गएर आएका उनको यहाँ आएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
बुधबार बिहानदेखि श्वासप्रश्वासमा समस्या आएपछि वीरगंजको नारायणी अस्पतालमा राखेर उपचार गरिएकोमा आज २: ३० बजे उनकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा