Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

औषधि उत्पादकहरुको आन्दोलन आज पनि जारी..

औषधि उत्पादकहरुको आन्दोलन आज पनि जारी..

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  सेनिटाइजर दर्ताको विषयलाई लिएर आन्दोलनमा उत्रिएका औषधि उत्पादकहरुको आन्दोलन आज पनि जारी रहेको छ । बिहान ११ बजेदेखि औषधि व्यवस्था विभाग परिसर पुगेर उत्पादहरुले दुई घण्टा धर्ना दिएका थिए ।

स्वदेशी औषधि उद्योगहरुले नै गुणस्तरीय सेनिटाइजर उत्पादन गरिरहेका बेला सरकारले विदेशी सेनिटाइजरलाई बढावा दिंदै दर्ताका लागि तीन महिना म्याद थप गरेको औषधि उत्पादक संघका अध्यक्ष जी नारायण बहादुर क्षेत्रीले बताए । उनले भने, ‘हामी स्वदेशी उद्योगहरुलाई पाखा लगाउने काम बारम्बार औषधि व्यवस्था विभागले गर्दै आएको छ त्यस विरुद्ध आन्दोलन गर्नुपरेको हाे।’

यसैगरी संघका पूर्व अध्यक्ष दीपक प्रसाद दाहालले स्वदेशी कम्पनीले सबै मापदण्ड पुर्याएर बनाएका गुणस्तरीय औषधिलाई पनि विभागले नियतवस नै गुणस्तर फेल भएको भन्दै  दुख दिने गरेको भन्दै आक्रोस व्यक्त गरे । उनले स्वदेशी उद्योगीहरु आफै गुणस्तरमा संवेदनशिल भएकाले यस्तो हुनै नसक्ने जिकीर समेत गरे । उनले हालसालै केही स्वदेशी सेनिटाइजरलाई गुणस्तरहीन भएको भन्दै विभागले नै सामाजिक संजालमा राखेकोमा आपक्ति जनाउँदै स्वदेशी उद्योगीलाई हतोत्साही गर्न बन्द गर्नुपर्ने बताए । उनले गुणस्तर कायम नभए सम्बन्धित निकायलाई बोलाएर कुरा गर्नुपर्ने वा पत्र काट्नुपर्नेमा सो नगरी सामाजिक संजालमा राखेर स्वदेशी औषधिप्रति नकारात्मक छवी बनाउन खाेजेको आरोप समेत लगाए ।

 

उता संघका महासचिव विप्लव अधिकारीले औषधि व्यवस्था विभागले स्वदेशी कम्पनीको आवाज नसुनेको भन्दै अब आन्दोलन अझै निर्णायक हुने बताए । लकडाउनका बेला पनि नेपाली कुनै पनि प्रकारको औषधि अभाव हुन आफूहरूले नदिएको भन्दै उनले अवस्था सहज भएपछि गुणस्तरहीन र दर्ता नभएका औषधि बजारमा आउने क्रम रोक्न पर्नेमा उल्टो उनीहरुलाई सहयोग गरेको बताए । उनले यो विषयमा छनफल गरेर अघि बढ्ने समेत जानकारी दिए ।

आज तेस्रो दिन पनि ठुलो संख्यामा उद्योगीहरु विभागमा पुगेर आन्दोलनमा सरिक भएका थिए । नेपालमै उत्पादन हुने औषधि बाहिरबाट आयात गर्न रोक्नुपर्ने माग धेरै पहिलेदेखि  उनीहरूले गर्दै आएका छन्। तर यहीविच सरकारले गत असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेको थियो । त्यो निर्णय सच्याउन माग गर्दै औषधि उत्पादहरु यतिबेला आन्दोलनमा उत्रिएका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार