Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले  विज्ञप्ति जारी गर्दै ५ जिल्लामा थप २५ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ । बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोय केन्द्र पोखरा र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा २५ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यसरी आज संक्रमण पुष्टि हुनेहरुमा म्याग्दीका ९ जना, तनहुँका ३ जना,नवलपरासीका ११ जना, कास्कीका १ र गोरखाका १ जना रहेका छन्।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको बताइएको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ९२५ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार