Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्वमा कोरोना : एकैदिन थपिए २ लाख १५ हजार संक्रमित

विश्वमा कोरोना : एकैदिन थपिए २ लाख १५ हजार संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ । गत २४ घण्टामा विश्वभर २ लाख १५ हजार बढीमा संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा मात्रै विश्वका विभिन्न देशमा ५ हजार ३११ संक्रमितको मृतयु भएको छ ।

वर्ल्डोमीटरका अनुसार हाल विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ३४ लाख ९७ हजार ४५८ रहेको छ । यसैगरी हालसम्म ५ लाख ८१ हजार २२१ जनाको कोरोनाबाट मृत्यु भइसककेको छ ।

कोरोनाबाट बढी प्रभावित बनेको अ‍ेमरिकामा मात्रै ३५ लाख भन्दा बढी संंक्रमित रहेका छन्। जबकी त्यहाँ १ लाख ३९ हजार भन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

अमेरिकापछि ब्राजिल प्रभावित बनेको छ । ब्राजिलमा पछिल्लो केही दिन यता संक्रमितको मृत्युदर ह्वात्तै बढेको छ । ब्राजिलमा मंगलबारसम्म १९ लाख बढीमा संक्रमण पुष्टि भएको छ भने ७१ हजार बढी संक्रमितको मृत्यु भएको बताइएको छ ।  उता भारतमा ९ लाख ३७ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ भने २४ हजार ३१५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार