विश्वमा कोरोना : एकैदिन थपिए २ लाख १५ हजार संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ । गत २४ घण्टामा विश्वभर २ लाख १५ हजार बढीमा संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा मात्रै विश्वका विभिन्न देशमा ५ हजार ३११ संक्रमितको मृतयु भएको छ ।
वर्ल्डोमीटरका अनुसार हाल विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ३४ लाख ९७ हजार ४५८ रहेको छ । यसैगरी हालसम्म ५ लाख ८१ हजार २२१ जनाको कोरोनाबाट मृत्यु भइसककेको छ ।
कोरोनाबाट बढी प्रभावित बनेको अेमरिकामा मात्रै ३५ लाख भन्दा बढी संंक्रमित रहेका छन्। जबकी त्यहाँ १ लाख ३९ हजार भन्दा बढी संक्रमितको मृत्यु भएको छ ।
अमेरिकापछि ब्राजिल प्रभावित बनेको छ । ब्राजिलमा पछिल्लो केही दिन यता संक्रमितको मृत्युदर ह्वात्तै बढेको छ । ब्राजिलमा मंगलबारसम्म १९ लाख बढीमा संक्रमण पुष्टि भएको छ भने ७१ हजार बढी संक्रमितको मृत्यु भएको बताइएको छ । उता भारतमा ९ लाख ३७ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ भने २४ हजार ३१५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा