नेपालमा सक्रिय संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या धेरै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या सक्रिय संक्रमित भन्दा बढी पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा १७ हजार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती संक्रमित मध्ये १० हजार ३२८ जनाले कोरोना जितेर डिस्चार्ज भइसकेका छन्। जसले गर्दा सक्रिय संक्रमित भन्दा निको हुनेको संख्या बढी भएको हो ।
नेपालमा अहिले देशका विभिन्न आइसोलेसन सेन्टरमा रहेका सक्रिय संक्रमित संख्या जम्मा ६ हजार ६९५ रहेकाे छ । आज मात्रै ३४ जना संक्रमित कोरोनाको उपचारपछि निको भएर घर फर्केको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । नेपालमा कोरोना संक्रमण निको हुने दर ६० दशमलब ५३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा