आन्तरिक किचलोका कारण वीरमा अझै आउन सकेन पीसीआर मेशिन
हेल्थ टिभी अनलाइन \काठमाडौं: वीर अस्पतालमा पीसीआर मेशिन ल्याउनका लागि स्वास्थ्य मन्त्रालयले रकम दिएको एक महिना भन्दा बढी भइसक्दा पनि मेशिन आउन सकेको छैन्। अस्पतालको लेखा र खरिदले सस्तो मेशिन ल्याउन प्राविधिक समितीलाई दबाब दिएपछि मेशिन खरिदमा ढिलाई भएको हो ।
प्राविधिक समितिले उच्च स्तरको गुणस्तरीय पीसीआर मेशिन ल्याउनका लागि खरिदलाई राय दिएको भए पनि खरिद इकाईले भने टेन्डर अनुसार सस्तो चाइनिज मेशिन नै ल्याउन दबाब दिएपछि झमेला शुरु भएको हो । वीर जस्तो बिरामीको सधैं भिडभाड हुने अस्पतालमा पीसीआर मेशिन थपेर कोरोना परीक्षणको दायरा बढाउन पर्ने भन्दै यसअघि नै मन्त्रालयले बजेट पठाइसकेको छ ।
तर अस्पतालमा भने कमिसनकै कारण खरिदले काम रोक्का गरेको अस्पतालका एक कर्मचारीले बताए । उनले भने, ‘अहिले भइरहेको मेशिन सानो भएकाले जम्मा १५० जनाको मात्र परीक्षण गरिहेको छ । अब नयाँ मेशिन आउँदा दैनिक ५ सय भन्दा बढी परीक्षण गर्न सकिन्छ तर आर्थिक वर्ष सकिन लाग्दा पनि मेशिनको टुंगो लाग्न सकेको छैन्।’ राम्रो मेशिन ल्याएर गुणस्तरीय परीक्षण गर्न पनि किन यति ढिला गरिएको हो बुझ्नै नसकिने छ, उनले भने।
अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बजारमा मेशिनको अभाव भएकाले केही ढिला भएको र भोलिसम्म मेशिनको टुंगो लाग्ने बताए । यद्यपी स्रोतका अनुसार डा सेन्चुरीले गुणस्तरीय मेशिन नै खरिद गर्नुपर्ने अडान लिएको भए पनि खरिदले प्रक्रिया अघि नबढाएको कारण ढिलाई भइहरेको छ । चाइनिज बाहेक अन्य मेशिन ल्याउनका लागि खरिदले प्रक्रिया अघि बढाउन नखोजेको स्रोतको दावी छ ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त