Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आन्तरिक किचलोका कारण वीरमा अझै आउन सकेन पीसीआर मेशिन

आन्तरिक किचलोका कारण वीरमा अझै आउन सकेन पीसीआर मेशिन

हेल्थ टिभी अनलाइन \काठमाडौं:  वीर अस्पतालमा पीसीआर मेशिन ल्याउनका लागि स्वास्थ्य मन्त्रालयले रकम दिएको एक महिना भन्दा बढी भइसक्दा पनि मेशिन आउन सकेको छैन्। अस्पतालको लेखा र खरिदले सस्तो मेशिन ल्याउन प्राविधिक समितीलाई दबाब दिएपछि मेशिन खरिदमा ढिलाई भएको हो ।

प्राविधिक समितिले उच्च स्तरको गुणस्तरीय पीसीआर मेशिन ल्याउनका लागि खरिदलाई राय दिएको भए पनि खरिद इकाईले भने टेन्डर अनुसार सस्तो चाइनिज मेशिन नै ल्याउन दबाब दिएपछि झमेला शुरु भएको हो । वीर जस्तो बिरामीको सधैं भिडभाड हुने अस्पतालमा पीसीआर मेशिन थपेर कोरोना परीक्षणको दायरा बढाउन पर्ने भन्दै यसअघि नै मन्त्रालयले बजेट पठाइसकेको छ ।

तर अस्पतालमा भने कमिसनकै कारण खरिदले काम रोक्का गरेको अस्पतालका एक कर्मचारीले बताए । उनले भने, ‘अहिले भइरहेको मेशिन सानो भएकाले जम्मा १५० जनाको मात्र परीक्षण गरिहेको छ ।  अब नयाँ मेशिन आउँदा दैनिक ५ सय भन्दा बढी परीक्षण गर्न सकिन्छ तर आर्थिक वर्ष सकिन लाग्दा पनि मेशिनको टुंगो लाग्न सकेको छैन्।’ राम्रो मेशिन ल्याएर गुणस्तरीय परीक्षण गर्न पनि किन यति ढिला गरिएको हो  बुझ्नै नसकिने छ, उनले भने।

अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बजारमा मेशिनको अभाव भएकाले केही ढिला भएको र भोलिसम्म मेशिनको टुंगो लाग्ने बताए । यद्यपी स्रोतका अनुसार डा सेन्चुरीले गुणस्तरीय मेशिन नै खरिद गर्नुपर्ने अडान लिएको भए पनि खरिदले प्रक्रिया अघि नबढाएको कारण ढिलाई भइहरेको छ । चाइनिज बाहेक अन्य मेशिन ल्याउनका लागि खरिदले प्रक्रिया अघि बढाउन नखोजेको स्रोतको दावी छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार