Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यमन्त्रीले भने, यो मन्त्रालयलाई नमुना मन्त्रालय बनाएर मात्र हस्तान्तरण गर्छु

स्वास्थ्यमन्त्रीले भने, यो मन्त्रालयलाई नमुना मन्त्रालय बनाएर मात्र हस्तान्तरण गर्छु

हेल्थ टिभी अनलाइन\ काठमाडौ :  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आमूल परिवर्तन गरी नमुना मन्त्रालय बनाउने दृढता व्यक्त गरेका छन ।

सोमबार मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न संघ, संस्था र ट्र्रेड युनियनका प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयले नीति तथा कार्यक्रममा अहिलेसम्मकै उल्लेख्य काम भएको भन्दै यसलाई कार्यान्वर्यनमा पनि लैजाने बताए ।

मन्त्री ढकालले स्वास्थ्यमा केही परिवर्तन गर्दै सुधार गर्न खोज्दा आफू केही समूहको निशानामा परेको भन्दै त्यसको आफूले दृढतापूर्वक सामना गर्ने समेत जिकीर गरे । उनले आफूले असल मनसायले काम गरेकाले त्यस्ता समूहसँग नडराउने समेत बताए । उनले स्वास्थ्यमा सबैले अनुभव गर्ने गरी परिवर्तन गरेर मात्र अरुलाई हस्तान्तरण गर्ने समेत बताए । उनले भने, ‘यो मन्त्रालय अब नमुना मन्त्रालय बन्छ । सबैलाई यसको महत्वको अनुभूति हुने गरी काम भइरहेको छ ।’

मन्त्री ढकालले स्वास्थ्य क्षेत्रको समष्टीगत विकासका लागि विषयगत रुपमा रहेका संघ संस्था, समिति सबैका राय आवश्यक रहेको भन्दै सबैको आवाजलाई समेटेर सुधारमा लाग्ने विश्वास दिलाए। उनले कोरोना महामारीका कारण स्वास्थ्यका अरु कार्यक्रम छायाँमा परेको पनि जानकारी दिए । उनले कोरोनाको पीसीआर परीक्षण कम भयो भन्ने विषयमा गरिएको आलोचनामा परीक्षण कम भएको भन्दा पनि क्वारेन्टाइनमा बस्नेको संख्या कम हुँदा स्वत संख्या कम भएको बताए । उनले स्वास्थ्य मन्त्रालय आवश्यक परे दैनिक १० हजार नमुना परीक्षण गर्न सक्षम रहेको पनि विश्वास दिलाए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार