स्वास्थ्यमन्त्रीले भने, यो मन्त्रालयलाई नमुना मन्त्रालय बनाएर मात्र हस्तान्तरण गर्छु
हेल्थ टिभी अनलाइन\ काठमाडौ : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आमूल परिवर्तन गरी नमुना मन्त्रालय बनाउने दृढता व्यक्त गरेका छन ।
सोमबार मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न संघ, संस्था र ट्र्रेड युनियनका प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयले नीति तथा कार्यक्रममा अहिलेसम्मकै उल्लेख्य काम भएको भन्दै यसलाई कार्यान्वर्यनमा पनि लैजाने बताए ।
मन्त्री ढकालले स्वास्थ्यमा केही परिवर्तन गर्दै सुधार गर्न खोज्दा आफू केही समूहको निशानामा परेको भन्दै त्यसको आफूले दृढतापूर्वक सामना गर्ने समेत जिकीर गरे । उनले आफूले असल मनसायले काम गरेकाले त्यस्ता समूहसँग नडराउने समेत बताए । उनले स्वास्थ्यमा सबैले अनुभव गर्ने गरी परिवर्तन गरेर मात्र अरुलाई हस्तान्तरण गर्ने समेत बताए । उनले भने, ‘यो मन्त्रालय अब नमुना मन्त्रालय बन्छ । सबैलाई यसको महत्वको अनुभूति हुने गरी काम भइरहेको छ ।’
मन्त्री ढकालले स्वास्थ्य क्षेत्रको समष्टीगत विकासका लागि विषयगत रुपमा रहेका संघ संस्था, समिति सबैका राय आवश्यक रहेको भन्दै सबैको आवाजलाई समेटेर सुधारमा लाग्ने विश्वास दिलाए। उनले कोरोना महामारीका कारण स्वास्थ्यका अरु कार्यक्रम छायाँमा परेको पनि जानकारी दिए । उनले कोरोनाको पीसीआर परीक्षण कम भयो भन्ने विषयमा गरिएको आलोचनामा परीक्षण कम भएको भन्दा पनि क्वारेन्टाइनमा बस्नेको संख्या कम हुँदा स्वत संख्या कम भएको बताए । उनले स्वास्थ्य मन्त्रालय आवश्यक परे दैनिक १० हजार नमुना परीक्षण गर्न सक्षम रहेको पनि विश्वास दिलाए ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त