Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सेनिटाइजर दर्ताका लागि समय थप गर्न नहुने भन्दै औषधि उत्पादक आन्दोलनमा उत्रिए

सेनिटाइजर दर्ताका लागि समय थप गर्न नहुने भन्दै औषधि उत्पादक आन्दोलनमा उत्रिए

हेल्थ टिभी अनलाइन\ काठमाडौं : औषधि व्यवस्था विभागले सेनिटाइजर दर्ताका लागि तीन महिना म्याद थप गरेको निर्णय विरुद्ध नेपाल औषधि उत्पादक संघ आन्दोलनमा उत्रिएको छ ।

संघले सेनिटाइजरको गुणस्तर नहेरी बिना दर्ता तीन महिना बिक्री गर्न दिने निर्णय गरेको भन्दै औषधि उत्पादकहरु आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले तीन दिन अघि विभाग र स्वास्थ्य मन्त्रालयमा यस विषयमा ध्यानाकषर्ण गराउँदै निर्णय सच्याउन तीन दिने अल्टिमेटम दिएका थिए ।

तीन दिनसम्म पनि निर्णय नसच्याएपछि औषधि उत्पादकहरु सोमबार बिहान ९ बजे काठमाडौंको बबरमहलस्थित औषधि व्यवस्था विभागको कार्यालयमा गई  तीन घण्टा धर्ना दिएका थिए । संघका महासचिव विप्लव अधिकारीले ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि आज धर्ना गर्न बाध्य भएको बताएका छन्।  उनले सरकारले सर्वसाधारणको जनस्वास्थ्यमाथि खेलवाड गर्दै बिना दर्ता तीन महिलासम्म सेनिटाइजर बिक्रीवितरण गर्न अनुमति दिएको बताए ।

नेपालमा कोरोना महामारी शुरु भएपछि मात्रै ४० वटा उद्योगले सेनिटाइजर उत्पादन गरिरहेका छन्। महामारीको फाइदा उठाउँदै धेरैले अवैध रुपमा सेनिटाइजर बिक्री गरिरहेको भन्दै यसरी म्याद थप गर्दा झनै उनीहरुको मनोबल बढ्ने संघको ठहर छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार