भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ४ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालले साेमबार विज्ञप्ति जारी गर्दै गत ४८ घण्टामा ८ सय जनाको कोरोना परीक्षण गर्दा जम्मा ४ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको हो । आज संक्रमण पुष्टि हुनेहरु सबै पुरुष हुन्।
यसरी सोमबार संक्रमण पुष्टि हुनेहरुमा गडवा दाङका २ जना, बढैया ताल बर्दियाका १ र बर्दियाकै मधुवन ९ का १ जना रहेका छन्। उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको अस्पतालले जनाएको छ ।
केही समयअघि कोरोनाको हटस्पट बनेको नेपालगंजमा अहिले भने संक्रमितको संख्या घट्दै गएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा