Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पहिले नै अनुमति पाएका ल्याबले स्वाब पाएका छैनन् फेरी थप ४ वटालाई कोरोना परीक्षण गर्ने अनुमति

पहिले नै अनुमति पाएका ल्याबले स्वाब पाएका छैनन् फेरी थप ४ वटालाई कोरोना परीक्षण गर्ने अनुमति

हेल्थ टिभी अनलाइन \काठमाडौं:  कोरोना परीक्षण गर्नका लागि काठमाडौँ उपत्यकाका चारसहित ६ वटा निजी प्रयोगशालालाई सरकारले अनुमति दिएको छ ।

सरकारले तोकेको मापदण्ड पुगेका काठमाडौका ४ र बुटवलको १ र नेपालगञ्जको १ गरी ६ वटा निजी प्रयोगशालालाई कोभिड १९ को पीसीआर परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएको हो ।

काठमाडौ उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव सीडीएल र लाजिम्पाटमा रहेको सूर्या हेल्थ केयरले अनुमति पाएको एनपीएचएलका प्रवक्ता राजेश गुप्ताले बताए ।

उपत्यका बाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् ।

अनुमति पाएको भए पनि यी प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछन् । स्टार अस्पताल र काठमाडौं मेडिकल कलेजले भने यसअघि नै अनुमति पाएका हुन् अनुमति यसअघि नै पाएको भए पनि सरकारले अहिलेसम्म परीक्षणका लागि स्वाब उपलब्ध नगराएको स्टार अस्पातलले जनाएको छ ।

यी दुई अस्पतालले शुल्क लिएर आफना बिरामी, विदेश जाने व्यक्ति र विदेशी नियोगका कर्मचारीको कोरोना परीक्षण गर्न पाउने पत्र पाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार