पहिले नै अनुमति पाएका ल्याबले स्वाब पाएका छैनन् फेरी थप ४ वटालाई कोरोना परीक्षण गर्ने अनुमति
हेल्थ टिभी अनलाइन \काठमाडौं: कोरोना परीक्षण गर्नका लागि काठमाडौँ उपत्यकाका चारसहित ६ वटा निजी प्रयोगशालालाई सरकारले अनुमति दिएको छ ।
सरकारले तोकेको मापदण्ड पुगेका काठमाडौका ४ र बुटवलको १ र नेपालगञ्जको १ गरी ६ वटा निजी प्रयोगशालालाई कोभिड १९ को पीसीआर परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएको हो ।
काठमाडौ उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव सीडीएल र लाजिम्पाटमा रहेको सूर्या हेल्थ केयरले अनुमति पाएको एनपीएचएलका प्रवक्ता राजेश गुप्ताले बताए ।
उपत्यका बाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् ।
अनुमति पाएको भए पनि यी प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछन् । स्टार अस्पताल र काठमाडौं मेडिकल कलेजले भने यसअघि नै अनुमति पाएका हुन् अनुमति यसअघि नै पाएको भए पनि सरकारले अहिलेसम्म परीक्षणका लागि स्वाब उपलब्ध नगराएको स्टार अस्पातलले जनाएको छ ।
यी दुई अस्पतालले शुल्क लिएर आफना बिरामी, विदेश जाने व्यक्ति र विदेशी नियोगका कर्मचारीको कोरोना परीक्षण गर्न पाउने पत्र पाएका छन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त