Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यी हुन् कोरोना संक्रमितको संख्या दुई लाख भन्दा बढी भएका १५ देश

यी हुन् कोरोना संक्रमितको संख्या दुई लाख भन्दा बढी भएका १५ देश

हेल्थ टिभी अनलाइन\ काठमाडौं : विश्वमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ । वर्ल्डोमीटरका अनुसार गत २४ घण्टामा मात्रै झण्डै २ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । जबकी ३ हजार ९५२ जनाको कोरोनाबाट मृत्यु भएको छ । विश्वमा हालसम्म १ करोड ३० लाख २७ हजार बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ लाख ७१ हजार बढीको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमण भएर उपचारपछि निको हुनेको संख्या ने ७५ लाख भन्दा बढी रहेको छ । विश्वमा हाल ४८ लाख ८१ हजार संक्रमितको विश्वका विभिन्न देशका अस्पतालहरुका उपचार भइरहेको छ ।

पन्ध्र देशमा दुई लाख भन्दा बढी संक्रमित रहेका छन्। यसरी दुई लाख भन्दा बढी संक्रमित हुने देशहरुमा अमेरिका, ब्राजिल, भारत, रुस , स्पेन, यूके इटली, चिली, मेक्सिको इरान, पेरु, पाकिस्तान, टर्की, अरब र साउथ अफ्रिका रहेका छन्।

अमेरिकामा सबैभन्दा धेरै ३४ लाख १३ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ १ लाख ३७ हजार ७८२ जनाले ज्यान गुमाएका छन्। यसैगरी ब्राजिलमा १८ लाख ६६ हजार १७६ जनामा कोरोना देखिएको छ भने ७२ हजार १सय ५१ जनाको कोरोनाबाट मृत्यु भएको छ । भारतमा ८ लाख ७९ हजार ४६६ जनामा कोरोना संक्रमण देखिएको छ भने रुसमा ७ लाख भन्दा बढीमा संक्रमण फैलिएको छ । उता पेरु, चिली र स्पेनमा पनि ३ लाख बढीमा कोरोना देखिसेकेको छ । मेस्क्सिको, यूके र साउथ अफ्रिकामा २ लाख ५० हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार