यी हुन् कोरोना संक्रमितको संख्या दुई लाख भन्दा बढी भएका १५ देश
हेल्थ टिभी अनलाइन\ काठमाडौं : विश्वमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ । वर्ल्डोमीटरका अनुसार गत २४ घण्टामा मात्रै झण्डै २ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । जबकी ३ हजार ९५२ जनाको कोरोनाबाट मृत्यु भएको छ । विश्वमा हालसम्म १ करोड ३० लाख २७ हजार बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ लाख ७१ हजार बढीको मृत्यु भइसकेको छ ।
कोरोना संक्रमण भएर उपचारपछि निको हुनेको संख्या ने ७५ लाख भन्दा बढी रहेको छ । विश्वमा हाल ४८ लाख ८१ हजार संक्रमितको विश्वका विभिन्न देशका अस्पतालहरुका उपचार भइरहेको छ ।
पन्ध्र देशमा दुई लाख भन्दा बढी संक्रमित रहेका छन्। यसरी दुई लाख भन्दा बढी संक्रमित हुने देशहरुमा अमेरिका, ब्राजिल, भारत, रुस , स्पेन, यूके इटली, चिली, मेक्सिको इरान, पेरु, पाकिस्तान, टर्की, अरब र साउथ अफ्रिका रहेका छन्।
अमेरिकामा सबैभन्दा धेरै ३४ लाख १३ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ १ लाख ३७ हजार ७८२ जनाले ज्यान गुमाएका छन्। यसैगरी ब्राजिलमा १८ लाख ६६ हजार १७६ जनामा कोरोना देखिएको छ भने ७२ हजार १सय ५१ जनाको कोरोनाबाट मृत्यु भएको छ । भारतमा ८ लाख ७९ हजार ४६६ जनामा कोरोना संक्रमण देखिएको छ भने रुसमा ७ लाख भन्दा बढीमा संक्रमण फैलिएको छ । उता पेरु, चिली र स्पेनमा पनि ३ लाख बढीमा कोरोना देखिसेकेको छ । मेस्क्सिको, यूके र साउथ अफ्रिकामा २ लाख ५० हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त