स्टार अस्पताललाई शुल्क लिएर पीसीआर परीक्षण गर्न सरकारले दियो अनुमति
अस्पतालले आफना बिरामी, विदेश जानुपर्ने व्यक्ति र विदेशी नियोगका कर्मचारीको मात्र कोरोना परीक्षण गर्न पाउने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले ललितपुरको सानेपास्थित स्टार अस्पताललाई सरकारले तोकेको शुल्क लिएर पीसीआर परीक्षण गर्ने अनुमति दिएको छ ।
पीसीआर परीक्षण गर्ने अनुमति पाउने पहिलो निजी अस्पताल स्टारलाई सरकारले सुरुमा सरकारले संकलन गरेर दिएको स्वाबको नमूना मात्रै परीक्षण गर्ने गरी अनुमति दिएकोे थियो । यसरी सरकारले दिएको नमुना मात्रै संकलन गर्ने र आफनै अस्पतालमा आएका बिरामीको नमुना अन्य अस्पतालमा पठाउनु अव्यवहारिक भएको गुनासो अस्पतालले गर्दै आएको थियो।
अस्पतालले सरकारले तोकेको ५ हजार ५ सय रुपैयाँ शुल्क लिएर आफै स्वाब संकलन गरेर तोकिएका व्यक्तिहरुको परीक्षण गर्ने गरी अनुमति पाएको अस्पतालका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीले बताए । उनले भने, ‘यसअघि आफनो अस्पतालमा पीसीआर मेशिन हुँदा हुँदै आफनै बिरामीको स्वाब परीक्षणका लागि अन्यत्र पठाउनु पर्दथ्यो । तर अब भने त्यो झन्झट हटेको छ ।
यो अनुमति पाएसँगै अब भने स्टार अस्पतालमा आएका बिरामी, यसैगरी विदेश जाँदा परीक्षणको रिपोर्ट चाहिने व्यक्तिहरु, विदेशी नियोगका कर्मचारीको परीक्षण गर्न पाउनेछ । तर अस्पतालले अन्य अस्पतालका बिरामीको भने परीक्षण गर्न नपाउने स्वास्थ्य मन्त्रालयले दिएको पत्रमा उल्लेख छ ।
स्टार अस्पतालमा तीनवटा पीसीआर मेशिन मार्फत दैनिक रुपमा १ हजार जनाको कोरोना परीक्षण गर्ने क्षमता रहेको अस्पतालले जनाएको छ । पछिल्लो समय कोरोना महामारीको उत्कृष्ट तयारीका कारण स्टार अस्पतालमा कोरोनाका बिरामी पुष्टि भई मृत्यु हुँदासम्म अस्पतालका कुनै पनि सेवा अवरुद्ध भएका थिएनन्। अस्पतालमा सेवा लिन आउने अन्य बिरामीलाई संक्रमणबाट जोगाउन संक्रमितको लागि वार्डदेखि आइसोलेसन र अपरेसन थियटरसम्म छुट्टै बनाइएको छ ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त