Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंमा ट्राभल हिस्ट्री नभएकामा पनि कोरोना संक्रमण पुष्टि

संक्रमित कम भए भनेर लापरवाही नगर्न मन्त्रालयको आग्रह

काठमाडौंमा ट्राभल हिस्ट्री नभएकामा पनि कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा ट्राभल हिस्ट्री नभएका स्थानीयमा पनि कोरोना संक्रमण पुष्टि भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

आइतबार मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले स्थानीय स्तरमा कोरोना संक्रमणको अवस्था हेर्न काठमाडौं उपत्यकाका १२ स्थानबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा टोखाका तीन जनामा कोरोना पुष्टि भएको बताए । उनले भने, ‘तीन हजार नमुना संकलन गरेर परीक्षण गर्दा १६ सय १ जनाको रिपोर्ट आयो त्यसमध्ये तीन जनामा कोरोना संक्रमण देखिएको छ ।’ उनले समूदायमा कतै ट्राभल हिस्ट्री नभएका यी व्यक्तिमा कोरोना देखिनुले थोरै संख्यामा भए पनि संक्रमण छ भन्ने बुझाएको बताए ।

त्यसैले संक्रमितको संख्या कम भयो भनेर लापरवाही गर्न नहुने उनले जिकीर गरे । सरकारले स्थानीय स्तरमा कोरोनाको अवस्था पक्ता लगाउन ४५ हजारको नमुना संकलन गरेर परीक्षण गर्ने लक्ष्य लिएको छ । जसमध्ये काठमाडौं उपत्यकामा ५ हजार जनाको स्वाब लिइनेछ ।

नेपालमा आज काठमाडौं उपत्यकाका ६ जनासहित ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्य स्थानमा केही दिन यता कोरोना संक्रमितको संख्या घट्दै गएको भए पनि काठमाडौं उपत्यकामा भने संक्रमित बढिरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार