नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ८२ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८ सय एक पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९ सय १६ जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार ७ सय ८४ रहेको छ भने कोरोना संक्रमण भएर विभिन्न आइसोलेसनमा रहनेको संख्या ८ हजार १ सय ७४ जना रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा