Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतमा कोरोना कहर : एकैदिन थपिए २८ हजार संक्रमित

भारतमा कोरोना कहर : एकैदिन थपिए २८ हजार संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ गत २४ घण्टामा २८ हजार ६३७ जना संक्रमित थपिएका छन्।

योसँगै हालसम्म भारतमा ८ लाख ४९ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २२ हजार ६७४ जनाको कोरोनाबाट मृत्यु भएको छ । कोरोना संक्रमितको संख्याको हिसाबले भारत विश्वमा नै तेस्रो नम्बरमा परेको छ । अमेरिका र ब्राजिलपछि भारतमा सबैभन्दा बढी संक्रमित रहेका छन्।

भारतमा सबैभन्दा बढी प्रभावित राज्यहरुमा महाराष्ट्र, तमिलनाडु, दिल्ली, गुजरात र पश्चिम बंगाल रहेका छन्।

थप समाचार