Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार बिहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै ७ जिल्लामा थप १५ जनामा कोरोना देखिएको जनाएको हो । निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा तनहुँका ६ जना, पर्वतका २ जना, बाग्लुङका २ जना, नवलपुर बर्दघाट सुस्ता पुर्वका १ जना रहेका छन्।

यसैगरी स्याङ्जा, गोरखा र लमजुङमा पनि १\ १ जना संक्रमित फेला परेका छन्। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ९२ पुगेको छ भने ७३६ जना कोरोना जितेर डिस्चार्ज भइसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार