गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार बिहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै ७ जिल्लामा थप १५ जनामा कोरोना देखिएको जनाएको हो । निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा तनहुँका ६ जना, पर्वतका २ जना, बाग्लुङका २ जना, नवलपुर बर्दघाट सुस्ता पुर्वका १ जना रहेका छन्।
यसैगरी स्याङ्जा, गोरखा र लमजुङमा पनि १\ १ जना संक्रमित फेला परेका छन्। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ९२ पुगेको छ भने ७३६ जना कोरोना जितेर डिस्चार्ज भइसकेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा