नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका हुन्। उनका अनुसार यसरी कोरोनाबाट मृत्यु हुनेहरुमा काठमाडौं महानगरपालिका वडा नं १० शंखमूलका ६० वर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु भएको हो ।
यसैगरी सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुष र काठमाडौं गोकणेश्वर नगरपालिका वडा नं ४ का ५४ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको डा गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । आज मृत्यु हुने संक्रमितहरु दीर्घरोगी रहेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा