गत २४ घण्टामा ३ हजार ६४८ जनाको कोरोना परीक्षण, ७० जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या केही दिन यता घट्दै गइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी जम्मा ७० जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ६ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ७० जनामा कोरोना पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ ।
यसैगरी आज कोरोना जितेर ४३१ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ८ हजार ८ हजार ४ सय ४२ पुगेको छ । कोरोनाको आशंकामा देशभरका विभिन्न आइसोलेसन सेन्टरमा रहनेको संख्या २४ हजार ९७ रहेको छ ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त