Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आज विश्व जनसंख्या दिवस मनाइँदै

आज विश्व जनसंख्या दिवस मनाइँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : आज जुलाई ११ अर्थात विश्व जनसंख्या दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाइँदै छ ।  दिवसको अवसरमा स्वास्थ्य तथ जनसंख्यामन्त्री भानुभक्त ढकालले भिडियोमार्फत शुभकामना सन्देश दिएका छन्।

विश्व जनसंख्या दिवसको यस वर्षको नारा ‘कोभिड- १९ संक्रमणको पूर्ण अन्त्य गरौं र महिला तथा किशोरीहरुको स्वास्थ्य र अधिकार सुरक्षित गरौं’ भन्ने रहेको छ ।

मन्त्री ढकालले नेपालमा जनसंख्याका क्षेत्रमा निकै प्रशंसनीय कार्य गर्न सफल भएको भन्दै नेपालमा महिलाको प्रजनन स्वास्थ्य, बाल विवाहमा कमी, सुरक्षित मातृत्व लगायतका क्षेत्रमा उल्लेख्य सुधार भएको बताए । उनले नेपालमा पछिल्लो सर्वे अनुसार जनसंख्या वृद्धिदर २ प्रतिशत भन्दा कम भएकाले जनसंख्या नियन्त्रण भन्दा पनि यसको व्यवस्थापनमा जोड दिएको बताए । यसका साथै उनले जनसंख्या विकासको मूल आधार मात्र नभएर देशको अस्तित्व स्थापना गर्ने मापक भएकाले यसमा देखिने समस्या जस्तै अव्यवस्थित बसाई सराई र यसबाट आउने असन्तुलन मिलाउन सरकारले हरसम्भव प्रयास गरिरहेको जिकीर गरे ।

मन्त्री ढकालले यतिबेला कोरोना महामारीका कारण सारा विश्व नै प्रभावित भइरहेको र त्यसमा पनि महिला, बालिबालिका, जेष्ठ नागरिक बढी प्रभावित भएको भन्दै यो विपदका बेला उनीहरुको अधिकारलाई सुनिश्चत गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन