आज विश्व जनसंख्या दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज जुलाई ११ अर्थात विश्व जनसंख्या दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाइँदै छ । दिवसको अवसरमा स्वास्थ्य तथ जनसंख्यामन्त्री भानुभक्त ढकालले भिडियोमार्फत शुभकामना सन्देश दिएका छन्।
विश्व जनसंख्या दिवसको यस वर्षको नारा ‘कोभिड- १९ संक्रमणको पूर्ण अन्त्य गरौं र महिला तथा किशोरीहरुको स्वास्थ्य र अधिकार सुरक्षित गरौं’ भन्ने रहेको छ ।
मन्त्री ढकालले नेपालमा जनसंख्याका क्षेत्रमा निकै प्रशंसनीय कार्य गर्न सफल भएको भन्दै नेपालमा महिलाको प्रजनन स्वास्थ्य, बाल विवाहमा कमी, सुरक्षित मातृत्व लगायतका क्षेत्रमा उल्लेख्य सुधार भएको बताए । उनले नेपालमा पछिल्लो सर्वे अनुसार जनसंख्या वृद्धिदर २ प्रतिशत भन्दा कम भएकाले जनसंख्या नियन्त्रण भन्दा पनि यसको व्यवस्थापनमा जोड दिएको बताए । यसका साथै उनले जनसंख्या विकासको मूल आधार मात्र नभएर देशको अस्तित्व स्थापना गर्ने मापक भएकाले यसमा देखिने समस्या जस्तै अव्यवस्थित बसाई सराई र यसबाट आउने असन्तुलन मिलाउन सरकारले हरसम्भव प्रयास गरिरहेको जिकीर गरे ।
मन्त्री ढकालले यतिबेला कोरोना महामारीका कारण सारा विश्व नै प्रभावित भइरहेको र त्यसमा पनि महिला, बालिबालिका, जेष्ठ नागरिक बढी प्रभावित भएको भन्दै यो विपदका बेला उनीहरुको अधिकारलाई सुनिश्चत गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम