कोरोनाको नयाँ रेकर्ड : विश्वमा एकै दिन २ लाख २६ हजार भन्दा बढी संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वमा कोरोना संक्रमण बढ्ने क्रम झनझन बढिरहेको छ । गत २४ घण्टामा मात्रै विश्वमा २ लाख २६ हजार भन्दा बढी संक्रमित थपिएका छन्। वर्ल्डोमीटरका अनुसार गत २४ घण्टामा अहिलेसम्मकै उच्च २ लाख २६ हजार १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ५ हजार ३८८ जनाको मृत्यु भएको छ ।
हालसम्म विश्वमा १ करोड २६ लाख १५ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ५ लाख ६२ हजार भन्दा बढीको कोरोनाबाट ज्यान गएको छ । यसैगरी हालसम्म ७३ लाख भन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।
चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा मात्रै झण्डै ३३ लाख मानिसमा कोरोना संक्रमण देखिएको छ भने १ लाख ३६ हजार बढी संक्रमितको मृत्यु भइसकेको छ ।
ब्राजिल रूस, स्पेन, यूके, इटली, भारत, पेरू, चिली, इटली, ईरान, मैक्सिको, पाकिस्तान, टर्की, साउथ अरब र साउथ अफ्रीकामा कोरोना संक्रमितको संख्या दुई लाख बढी रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा