Health TV Online
Health TV Online

काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा ४२ जनामा कोरोना पुष्टि भएको हो ।  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका १२ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा काठमाडौका १५ जना, ललितपुरका १३ जना र भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको हो । उता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा पनि काठमाडौंका १ जनामा कोरोना देखिएको छ ।

मन्त्रालयका अनुसार नेपालमा आज ११८ जनामा कोरोना पुष्टि भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार