काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा ४२ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका १२ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा काठमाडौका १५ जना, ललितपुरका १३ जना र भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको हो । उता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा पनि काठमाडौंका १ जनामा कोरोना देखिएको छ ।
मन्त्रालयका अनुसार नेपालमा आज ११८ जनामा कोरोना पुष्टि भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा