गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै शुक्रबार थप १३ जनामा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १६२ पुगेको छ ।
निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा तनहुँका ८ जना, बाग्लुङका १ जना, पर्वतका १ जना, गोरखाका १ जना र नवरपरासी बर्दघाट सुस्ता पूर्वका २ जना गरी १३ जना रहेका छन्। उनीहरुको क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशमा कोरोना जितेर आइसोलेसन सेन्टरबाट घर जानेको संख्या ६३३ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा