Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जुम्लामा ६ स्वास्थ्यकर्मीसहित २४ जनाले जिते कोरोना

जुम्लामा ६ स्वास्थ्यकर्मीसहित २४ जनाले जिते कोरोना

हेल्थ टिभी अनलाइन\ काठमाडौं : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ जना स्वास्थ्यकर्मीसहित २४ जनाले कोरोना जितेर आज डिस्चार्ज भएका छन्।

उनीहरुसँगै १८ दिने शिशु र सुत्केरी आमाले पनि कोरोना जितेर आज डिस्चार्ज भएको अस्पातलका निर्देशक डा मंगल रावलले बताए । उनले भने, ‘आज डिस्चार्ज हुनेहरुमा ६ जना स्वास्थ्यकर्मी, १८ दिने शिशु र सुत्केरी आमा सहित २४ जना रहेका छन्।’

संक्रमितहरुको १४ दिनको बसाईपछि पुन: पीसीआर परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि आज अस्पतालबाट डिस्चार्ज गरिएको डा रावलले बताए । जुम्ला सिंजाकी ३९ वर्षीय महिला प्रतिष्ठानमा सुत्केरी हुन आएकी थिइन्। उनी र बच्चामा समेत कोरोना परीक्षण गर्दा पोजेटिभ पाइएपछि सोही अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको थियो । त्यसपछि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको थियो ।

आज डिस्चार्ज भएर जानेहरुलाई दुई साता घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको अस्पतालले जनाएको छ । डा रावलका अनाुसार अब अस्पतालमा १२ जना मात्र संक्रमित उपचारमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि