सेनिटाइजर दर्ता गर्न अनावश्यक रुपमा म्याद थपेको भन्दै औषधि उत्पादक संघको आपत्ति
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले सेनिटाइजर दर्ता गर्ने मिति तीन महिना थप गरेको निर्णयप्रति नेपाल औषधि उत्पादक संघले आपत्ति जनाएको छ ।
संघले अनावश्यक रुपमा दर्ता मिति थप गर्ने निर्णय गरेको भन्दै सो निर्णय सच्याउन तीन दिनको अल्टिमेटम समेत दिएको छ । मन्त्रीस्तरीय निर्णय अनुसार ह्याण्ड सेनिटाइजर दर्ता अनुमतिका लागि तीन महिना म्याद थपिएको छ ।
संघको बिहिबार बसेको आकस्मिक बैठकले म्याद थप गर्ने निर्णय फिर्ता लिन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, स्वास्थ्य मन्त्री र औषधि व्यवस्था विभागलाई पत्राचार गरेको छ । संघका पदाधिकारीहरुले विभाग पुगेर ज्ञापन पत्र समेत बुझाएका छन् ।
संघका महासचिव विप्लव अधिकारीले अहिले करीब ४० वटा स्वदेशी उद्योगले विभागमा दर्ता भई स्वदेशमा नै उत्पादन हुने इथानोलको प्रयोग गरि सेनिटाइजर उत्पादन गरिरहेको र देशका लागि आत्मनिर्भर भइरहेको अवस्थामा म्याद थप गर्नु जरुरी नरहेको बताए । उनले ४० वटा उद्योगबाट १२० प्रकारका स्यानिटाइजर उत्पादन भइरहेको समेत जानकारी दिए । संघले तीन दिनभित्र निर्णय नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा