Health TV Online
Health TV Online

सेनिटाइजर दर्ता गर्न अनावश्यक रुपमा म्याद थपेको भन्दै औषधि उत्पादक संघको आपत्ति

सेनिटाइजर दर्ता गर्न अनावश्यक रुपमा म्याद थपेको भन्दै औषधि उत्पादक संघको आपत्ति

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले सेनिटाइजर दर्ता गर्ने मिति तीन महिना थप गरेको निर्णयप्रति नेपाल औषधि उत्पादक संघले आपत्ति जनाएको छ ।

संघले अनावश्यक रुपमा दर्ता मिति थप गर्ने निर्णय गरेको भन्दै सो निर्णय सच्याउन तीन दिनको अल्टिमेटम समेत दिएको छ । मन्त्रीस्तरीय निर्णय अनुसार ह्याण्ड सेनिटाइजर दर्ता अनुमतिका लागि तीन महिना म्याद थपिएको छ ।

संघको बिहिबार बसेको आकस्मिक बैठकले म्याद थप गर्ने निर्णय फिर्ता लिन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, स्वास्थ्य मन्त्री र औषधि व्यवस्था विभागलाई पत्राचार गरेको छ । संघका पदाधिकारीहरुले  विभाग पुगेर ज्ञापन पत्र समेत बुझाएका छन् ।

संघका महासचिव विप्लव अधिकारीले अहिले करीब ४० वटा स्वदेशी उद्योगले विभागमा दर्ता भई स्वदेशमा नै उत्पादन हुने इथानोलको प्रयोग गरि सेनिटाइजर उत्पादन गरिरहेको र देशका लागि आत्मनिर्भर भइरहेको अवस्थामा म्याद थप गर्नु जरुरी नरहेको बताए । उनले ४० वटा उद्योगबाट १२० प्रकारका स्यानिटाइजर उत्पादन भइरहेको समेत जानकारी दिए । संघले तीन दिनभित्र निर्णय नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार