छोटो दूरीका सार्वजनिक सवारी साधन चल्न दिइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
पछिल्लो मन्त्रिपरिषद्को बैठकले सवारी साधनको सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाइने बताए ।
यसरी सवारीसाधन चलाउँदा चालक र सहचालकले मास्क, भाइजर र पञ्जा अनिवार्य रुपमा लगाउनुपर्नेछ । यसैगरी यात्रु चढ्ने बेलामा लगाउनका लागि ढोका र यातायातका साधनभित्र स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ। यात्रुले पनि यात्रा गर्दा मास्क अनिवार्य लगाउनुपर्नेछ । यसैगरी सरकारले ट्याक्सी पनि चलाउन दिने निर्णय गरेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा